भुकम्पबाट भएको क्षतिको विवरण तत्काल उपलब्ध गराउन गृहमन्त्री खाँडको निर्देशन
खोटाङ | साउन १५, २०७९
खोटाङ । गृहमन्त्री बालकृष्ण खाँडले खोटाङ केन्द्रविन्दु बनाएर आज विहान गएको भुकम्पबाट भएको क्षतिका सबै विवरण तत्काल उपलब्ध गराउन निर्देशन दिनुभएको छ । खोटाङ लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्री खाँडले यस्तो निर्देशन दिनुभएको हो ।
उत खोटाङको साकेला गाउँपालिका–५ केन्द्र बनाई आज बिहान ८ बजेर १३ मिनेटमा गएको भुकम्पबाट ठूलो क्षति नभएको स्थानीय प्रशासनले जनाएको छ ।
६ म्याग्निच्युडको भुकम्पबाट केही घर चर्कनु बाहेक अन्य क्षति नभएको प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईले जानकारी दिनुभएको छ । भुकम्पको केन्द्रविन्दु मानिएको मार्तिमविर्तामा २ वटा घर, हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा १ घर र महादेवस्थानमा १ घर चर्किएको छ ।
कुनै घर चर्केको र कुनै घरको टायल खसेको छ प्रजिअ सेढाईले भन्नुभयो ।
मानवीय तथा पशुचौपायको क्षति पनि भएको छैन । क्षति संकलनका लागि गाउँपालिकाको सबै शक्ति परिचालित गरिएको साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताउनुभयो ।
भुकम्पको क्षति संकलनका लागि सबै वडा समितिलाई परिचालित गरिएको र कार्यपालिकाका सम्पूर्ण अंगहरुलाई नागरिकको सहयोगका लागि परिचालित गरिएको राईले सुनाउनुभयो ।
यस्तै, हलेसी तुवाचुङ नगरपालिका लगायतका स्थानीय तहहरुले पनि क्षति बिवरण संकलन गरिरहेको जनाएका छन् ।
भुकम्प लगत्तै आइलाग्न सक्ने बिपद् ब्यवस्थापनको लागि नेपाली सेना, नेपाल प्रहरी लगायतलाई सतर्क रहन निर्देशन दिएको जिल्ला बिपद् व्यवस्थापन समितिका संयोजक प्रजिअ सेढाईको भनाइ छ ।
विपद् व्यवस्थापनमा सतर्कताका लागि रेडक्रस, जिल्ला समन्वय समिति लगायत स्थानीय तहसँग समेत समन्वय भइरहेको छ ।।
काठमाडौं: देशका केही भू-भागमा आज मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्स...
काठमाडौं: नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन बैंकिंग सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । एक निर्देशनामार्फत केन्द्रीय बैंकले होली पर्व र प्रतिनिधिसभा सदस्य निर्वाचन...
पोखरा महानगरपालिका ६ ड्यामसाइड नजिकै खोलामा सुटकेसभित्र एक युवतीको शव फेला परेको छ । वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार अन्दाजी २०/२५ वर्ष जस्तो देखिने...

