भुकम्पबाट भएको क्षतिको विवरण तत्काल उपलब्ध गराउन गृहमन्त्री खाँडको निर्देशन

खोटाङ | साउन १५, २०७९

भुकम्पबाट भएको क्षतिको विवरण तत्काल उपलब्ध गराउन गृहमन्त्री खाँडको निर्देशन

 

खोटाङ ।  गृहमन्त्री बालकृष्ण खाँडले खोटाङ केन्द्रविन्दु बनाएर आज विहान गएको भुकम्पबाट भएको क्षतिका सबै विवरण तत्काल उपलब्ध गराउन निर्देशन दिनुभएको छ  । खोटाङ लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्री खाँडले यस्तो निर्देशन दिनुभएको हो ।

 

उत खोटाङको साकेला गाउँपालिका–५ केन्द्र बनाई आज बिहान ८ बजेर १३ मिनेटमा गएको भुकम्पबाट ठूलो क्षति नभएको स्थानीय प्रशासनले जनाएको छ ।

 

६ म्याग्निच्युडको भुकम्पबाट केही घर चर्कनु बाहेक अन्य क्षति नभएको प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईले जानकारी दिनुभएको छ ।  भुकम्पको केन्द्रविन्दु मानिएको मार्तिमविर्तामा २ वटा घर, हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा १ घर र महादेवस्थानमा १ घर चर्किएको छ ।

 

कुनै घर चर्केको र कुनै घरको टायल खसेको छ प्रजिअ सेढाईले भन्नुभयो ।

 

मानवीय तथा पशुचौपायको क्षति पनि भएको छैन । क्षति संकलनका लागि गाउँपालिकाको सबै शक्ति परिचालित गरिएको साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताउनुभयो ।

 

भुकम्पको क्षति संकलनका लागि सबै वडा समितिलाई परिचालित गरिएको र कार्यपालिकाका सम्पूर्ण अंगहरुलाई नागरिकको सहयोगका लागि परिचालित गरिएको राईले सुनाउनुभयो ।

 

यस्तै, हलेसी तुवाचुङ नगरपालिका लगायतका स्थानीय तहहरुले पनि क्षति बिवरण संकलन गरिरहेको जनाएका छन् ।

 

भुकम्प लगत्तै आइलाग्न सक्ने बिपद् ब्यवस्थापनको लागि नेपाली सेना, नेपाल प्रहरी लगायतलाई सतर्क रहन निर्देशन दिएको जिल्ला बिपद् व्यवस्थापन समितिका संयोजक प्रजिअ सेढाईको भनाइ छ ।

 

विपद् व्यवस्थापनमा सतर्कताका लागि रेडक्रस, जिल्ला समन्वय समिति लगायत स्थानीय तहसँग समेत समन्वय  भइरहेको छ ।।

पोखरा: नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार बदल्ने निर्णय गरेको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार कृष्ण थाप...

थप पढ्नुहोस्

पोखरा:  राष्ट्रिय स्वतन्त्र पार्टीबाट कास्की–१ मा खड्कराज पौडेल (गणेश) र चुनाव लड्ने भएका छन् । बालेन्द्र साह हुँदै रास्वपा प्रवेश गरेका उनी अहिले केन्द्रीय सदस्य हुन् । टिकट पाएसँगै पौडेलले आफ्नो उम्म...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अहिलेसम्म ३३ निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । बाँकी निर्वाचन क्षेत्रमा आज उम्मेदवारको घोषणा गरिने पार्टीका...

थप पढ्नुहोस्